बागलुङ। काठेखोला गाउँपालिकाको भूदीखोलाले पानीको पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको अभाव भएको छ। खोलाले पानीको पाइप बगाएपछि एक सातादेखि पानीको अभाव भएको हो।
मुख्य मुहानको पाइप खोलाले बगाएपछि पानिको अभाव भएको हो। खानेपाकिो अभाव भएपछि स्थानीय समस्यामा परेका छन्। मर्मत सुरु गरिएको र समस्या छिट्टै समाधान हुने आशा गरिएको उनिहरुले बताए।