काठमाडौं। आज सुनको मूल्य घटेको छ। सुनको मुल्य तोलामा १३ सय रुपैयाँले घटेको हो।
तोलामा १३ सय रुपैयाँले घटेर १ लाख ४६ हजार २ सय रुपैयाँमा झरेको हो। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मुल्य आज तोलामा २० रुपैयाँले घटेर तोलामा १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।