काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकलाई ईशान बाल तथा महिला अस्पतालमा छुट हुने भएको छ। बैंकका ग्राहकलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट हुने भएको हो।
बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले विभिन्न स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अस्पतालले बैंकका डेबिट क्रेडिट कार्ड एवं बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई औषधि उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने अस्पताले जनाएको छ। अस्पतालबाट विभिन्न सेवामा १० प्रतिशत छुट पाएकोमा खुशी भएको बैंकले जनाएको छ।