झापा। करेन्ट लगाएर माछा मार्ने क्रममा एक किशोरको मृत्यु भएको छ। १९ वर्षीय किशोर मौसम राईको मृत्यु भएको हो।
उनको घर इलामको सुर्योदय नगरपालिका वडा नं.१३ लक्ष्मिपुरमा रहेको छ। तर उनि झापाको दमक नगरपालिका वडा नं.३ धिमाल टोल बस्दै आएका थिए।
घर नजिकैको खोल्सीमा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा गम्भीर घाइते भएका उनलाई आम्दा अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।