काठमाडौं। खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो।
प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार मोरङको सुनवर्षी नगरपालिका-७ सुकुम्बासी टोलका श्रीकुमार ऋषिदेवको ९ वर्षीय छोरा अमन ऋषिदेबको मृत्यु भएको हो।
उनि मरिया खोलामा पौडी खेल्ने क्रमममा डुबेर मरेको प्रहरीले जनाएको छ।