काठमाडौं। खानेपानी मन्त्री प्रदीप यादवले नागरिकले शुद्ध खानेपानी खानका लागि सङ्घर्ष समिति गठन गर्नुपर्ने अवस्था रहेको बताए। मंगलबार काठमाडौंस्थित नेपाल खानेपानी संस्थान पुगेका मन्त्री यादवले नागरिकले शुद्ध खानेपानी खानका लागि सङ्घर्ष समिति गठन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै जनतामा नेतृत्वप्रति चरम निराशा छाएको बताएका हुन्।
उनले संस्थानको खानेपानी वितरण प्रणालीलाई सुदृढ गर्दै जनतामा सृजित निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन समेत दिए।
खानेपानी संस्थान पुगेका मन्त्री यादवले नेपाल खानेपानी संस्थानका गतिविधि, देशभर सञ्चालनमा रहेका कार्यालयको अवस्था, सञ्चालनमा रहेका परियोजना तथा कार्यक्रम र कार्यान्वयनका क्रममा आएका चुनौतीको जानकारी समेत लिएका छन्।