काठमाडौं। भारतमा मंगलबार २०२४–२०२५ का लागि वार्षिक बजेट सार्वजनिक भएको छ। वित्त मन्त्री निर्मला सितारमणले मंगलबार बिहान ११ बजे वित्त वर्षको युनियन बजेट प्रस्तुत गरेकी हुन्।
भारत सरकारले बिहारमा सडक पूर्वाधारका लागि २६ हजार करोड भारु विनियोजन भएको छ। यस्तै आन्ध्र प्रदेशलाई आउँदो वर्ष नयाँ राजधानीको विकासका लागि १५ हजार करोड भारु दिइने बजेटमा उल्लेख गरिएको छ। बिहारको बाढी नियन्त्रणका लागि ११ हजार करोड भारु विनियोजन भएको छ ।
बजेटमा भारतले सबैभन्दा धेरै रक्षातर्फ ४५ खर्ब ४७ अर्ब ७३ करोड भारतीय रुपैयाँ छुट्याएको छ। त्यसैगरी ग्रामीण विकासमा २६ खर्ब ५८ अर्ब आठ करोड र तेस्रोमा कृषितर्फ १५ खर्ब १८ अर्ब ५१ करोड भारतीय रुपैयाँ विनियोजन गरेको बजेटमा उल्लेख गरिएको छ ।