काठमाडौं। प्रभु बैंक र टिस्टङ रिसोर्टबिच छुट सम्झौता भएको छ। प्रभु बैंकका कर्मचारी तथा ग्राहकले रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवामा विशेष छुट प्राप्त गर्न पाउँने सम्झौता भएको हो।
उक्त रिसोर्ट मकवानपुरको टिस्टङमा रहेको छ। प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दीपेन्द्रबाबु विष्ट र मार्केटिङ म्यानेजर सविनशमशेर राणा तथा टिस्टुङ रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जनले सम्झौतामा हस्ताक्षर गरेका छन्।