फाइल फोटो
काठमाडौं। सुरुङमार्गमा काम गर्दै आएका एक मजदुरको मृत्यु भएको छ। सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु भएको हो।
हिजो मकवानपुरको बकैया–१२ स्थित चालिसेडाँडामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा बारा निजगढका अन्दाजी २८ को विमल थिङको ज्यान गएको हो। काम गरिरहेको अवस्थामा ढुङ्गा लागेर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही सुरुङमा काम गर्ने तनहुँका राजु विक गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।