काठमाडौं। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै छ। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झण्डा आधा झुकाउने निर्णय गरेको थियो।
बुधबार बिहान विमानस्थलमै दुर्घटना भएको विमानमा रहेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो। एक जनाको उद्धार गरिएको थियो।