सर्लाही। सर्लाहीको लखन्देही खोलामा सिंचाईका लागि खनेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। कविलासी नगरपालिका–१ पिपरियाका सदिम शेखकी १३ वर्षीया छोरी सेहानी खातुनको मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय हरिपुरका अनुसार खोलाबाट बालुवा ल्याउने क्रममा बालिकाको डुबेर मृत्यु भएको हो।
खोलामा खाल्डो बनाएर सिंचाईका लागि कुलो लगिएको थियो। सोही खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।