काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ। विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस गरिएका १७ निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको हो।
कार्यालयले आज (बिहिबार) गोरखापत्र मार्फत नामावली सहित सूचना प्रकाशन गरी १७ निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ।
यसअघि ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सूचना पठाएको भएतापनि अहिलेसम्म कुनै पनि लिखित स्पष्टीकरण पेस नभएकाले खरिद नियमावलीअनुसार अन्तिम पटक स्पष्टीकरण सोधिएको कार्यालयले सुचनामा उल्लेख गरेको छ।
सूचना निकालिएको ७ दिन भित्रमा चित्तबुझ्दो स्पष्टीकरण पेस नभएमा यसै सूचनालाई अन्तिम सूचना मानी सम्बन्धित निर्माण कम्पनीलाई कालो सूचिमा राख्ने कार्यालयले जनाएको छ।
