काठमाडौं। बुटवल पावर कम्पनी लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को गोल्ड अवार्डबाट सम्मानित भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरेका हुन्।
कम्पनीले आर्थिक बर्ष २०७९/८० मा प्रकाशित गरेको बार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि आइक्यानको गोल्ड अवार्ड पाएको हो।
बुटवल पावर कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन गर्दै आएको छ।