झापा। करेन्ट लागेर झापामा एक किशोरको मृत्यु भएको छ। घरको टिनको छानोमा करेन्ट सर्ट भएको किशोरले छुँदा करेन्ट लागेर मृत्यु भएको हो।
झापाको कचनकवल गाउँपलिका–४ केचना बस्ने वर्षीय विशाल साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।