रामेछाप। पहिरोमा पुरिएर ३ किशोरीको मृत्यु भएको छ। रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पु मा पहिरोमा परेर ३ किशोरीको मृत्यु भएको हो।
प्रहरीका अनुसार स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गर्दा ३ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा १७ वर्षीय सिता तामाङ्ग, १४ वर्षीयआसिका तामाङ्ग र १३ वर्षीय लक्ष्मी तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ।