काठमाडौं। नारायणगढ–मुग्लिङ सडकखण्डमा ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुई ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको हो।
नारायणगढबाट मुग्लिन आउँदै गरेको कन्टेनर र विपरीत दिशाबाट जाँदै गरेको भारतीय ट्रक शुक्रबार बिहान भतेरी जङ्गलमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। उपचारको क्रममा अस्पतालमै दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।