काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रको समस्या नीतिगत रुपले समाधान गर्ने बताएका छन्।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिका पदाधिकारीसँगको भेटमा मन्त्री गुरुङले सञ्चार क्षेत्रको समस्या नीतिगत रुपले समाधान गर्ने कोसिस गर्ने बताएका हुन्।
नेपाली सञ्चार क्षेत्रको समस्या र समाधान गर्नुपर्ने विषयबारे आफू अध्ययन गरिरहेको समेत उनले बताए।