काठमाडौं। आज सुनको मूल्य बढेको छ। प्रतितोला रु १ हजारले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार १ हजारले बढेर छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार सात सय निर्धारण भएको छ।
यसैगरी तेजाबी सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ।
चाँदीको मूल्य आज तोलामा रु १० ले वृद्धि भएको छ। १० रुपैँयाले बढेर चाँदीको मुल्य आजका लागि रु १ हजार ७ सय ४० निर्धारण भएको महासङ्घले बताएको छ।