काठमाडौं। कपिलबस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। कलमा जोडेको विद्युतीय मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
प्रहरीका अनुसार कपिलबस्तुको शुद्धोधन गाँउपालिका –५ सिवलवा बस्ने ५६ वर्षीय गम्तरा अहिरको विद्युतीय मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागे मृत्यु भएको हो।