स्याङ्जा। बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। स्याङ्जामा बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका हुन्।
प्रहरीका अनुसार जीप सडकवाट १० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका चारै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएको थियो।
घाइतेमध्ये दुइजनाको अवस्था सामान्य रहेको र उनिहरु घर फर्किसकेको छन् भने दुई जनालाइ थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ।