काठमाडौं। आज सुनको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा ४ सयले बढेको हो।
तोलामा ४ सयले बढेर आज छापावाला सुनको मुल्य १ लाख ४६ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी तेजाबी सुन आज १ लाख ४५ हजार ४ सय कायम भएको छ।
चाँदीको मूल्य तोलामा १० ले बढेर १ हजार ७ सय ५० कायम भएको महासंघले जनाएको छ।