फाइल तस्बिर
रुकुमपश्चिम। जिल्लाको आठबिसकोट नगरपालिका –१२ को सार्किबारामा पहिरोले चार वटा घर पुरेको छ। आइतबार राति आएको पहिरोले चार वटा घर पुरेको हो।
स्थानीय अलबहादुर सार्की, नन्दे सार्की, मनबहादुर सार्कीको र अर्जुन सार्कीको घर पहिरोमा परेको हो।
आइतबार साँझ नै पहिरोको उच्च जोखिममा रहेका १० घर परिवारलाई वडा कार्यालयमा सारिएको थियो। साँझ नै मानिसलाई वडा कार्यालयमा सारिएकाले रातिको पहिरोले मानविय क्षति हुन नपाएको बताइएको छ।