दाङ। दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ट्रकको ठक्करबाट ५० बर्षिय लोकप्रसाद भट्टराईको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय भालुबाङ्गका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकले राप्ती गाउँपालिका–१ भालुबाङ्ग चोकमा ठक्कर दिँदा उनको मृत्यु भएको हो।