सांकेतिक तस्बिर
एजेन्सी। भारतको केरला राज्यमा पहिरोमा परेर ४५ जनाको मृत्यु भएको छ । मंगलबार बिहान केरलाको वायनाड जिल्लामा पहिरो जाँदा ४५ जनाको मृत्यु भएको हो।
३६ जनाको शव पहिरो गएकै स्थानमा र ९ जनाको शव चलियार नदीले बगाएर मालाप्पुरम जिल्लामा भेटिएको प्रहरीले जनाएको छ। पहिरोमा परेर अन्य कयौं बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पहिरोमा परेकाहरूको उद्धार र खोजीकार्य जारी रहेको छ। पुलहरू भत्केको र ठूलो पानी परिरहेकाले उद्धारमा समस्या भएको समेत प्रहरीले जनाएको छ।