फाइल फोटो
काठमाडौं। भोजपुरको सिल्पा सिलिचो गाउँपालिकामा अविरल वर्षा पछि आएको बाढीले बगाउदा दुई जना बेपत्ता भएका थिए। इर्खुवा खोलाको बाढीले बगाउँदा इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदार बेपत्ता भएका हुन्।
उनिहरुलाई राति १ बजेतिर आएको बाढीले बगाएको प्रहरीले बताएको थियो।
बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २६ वर्षीय राम किसन थारुको उद्धार गरिएको छ।