काठमाडौं। मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि कम्पनीले आगामी साउन १७ गते विशेष साधारण सभा बोलाएको हो।
कम्पनीको रजिष्टर्ड कार्यालय ज्वागल, ललितपुरमा साउन १७ गते विहान ११ बजे बस्ने सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने सम्बन्धमा आवश्यक स्वीकृति प्रदान गर्ने र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ।