काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्ने निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ।
