म्याग्दी। बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण गरिएको छ। बेनी बजार र आसपासका क्षेत्रमा पक्की पर्खाल निर्माण गरिएको हो।
वर्खाको समय भएको कारण अविरल वर्षाले देशभर बाढी पहिरोको जोखिम बढ्दै गएको छ। सोही जोखीम न्युनिकरण गर्नको लागि एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण गरिएको बताइएको छ।
पर्खाल निर्माण भएपछि अविरल वर्षासँगै आएको बाढी बाट बच्न सहयोग हुने स्थानीयले बताए। बाढी पहिरोले देश भर ठुलो धनजनको क्षती गर्दै आएको छ।