काठमाडौं। आज पनि सुनको मुल्य बढेको छ। आज तोलामा एक हजार ६ सयले सुनको मुल्य बढेको हो।
१६ सयले मुल्य बढेसँगै आज छापावाला सुनको मुल्य प्रति तोला एक लाख ४९ हजार चार सय तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यता चाँदीको मूल्यमा पनि २० रुपैँयाले बृद्धि भएको छ। रु २० ले बृद्धि भएसँगै आज चाँदीको मुल्य प्रति तोला एक हजार आठ सय पुगेको महासंघले बताएको छ।