फाइल फोटो
पोखरा। कपास उद्योगमा आगलागी भएको छ। पोखराको एक कपास उद्योगमा आगलागी भएको हो।
पश्चिमाञ्चल कपास उद्योगमा विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ। अहिले आगो नियन्त्रणमा आएको बताइएको छ।
विद्युत सर्ट भएर उद्योगमा आगलागी हुँदा २२ लाख बराबरको क्षती भएको बताइएको छ।