काठमाडौं। आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज छापावाल सुनको मुल्य प्रतितोला एक लाख ४९ हजार ९ सय रुपैयाँ कायम भएको हो।
प्रतितोला एक लाख ४९ हजार ९ सय रुपैयाँ हालसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो (बिहीबार) छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। आज तोलामा ५ सयले बढेर प्रतितोला एक लाख ४९ हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसैगरी चाँदीको मुल्यमा आज ४५ रुपैयाँले बृद्धि भएर एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।