काठमाडौं। थापाथलीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। पानी ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको हो।
ट्याङ्करको ठक्करबाट घाइते उनको उपचारका क्रममा नर्भिक इन्टरनेसनल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।