काठमाडौं। काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले विकास निर्माणका कार्य समयावधिमै सम्पन्न हुने बताएका छन्। महानगरअन्तर्गत रहेको वडा नम्बर ८ को नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
जसरी यहाँ भवनको मुहार फेरिएको छ, त्यसरी नै यो वार्डकै मुहार फेरिनेमा विश्वस्त रहेको उनले बताए।
शाह काठमाडौं महानगरपालिकाको मेयर भएपछि काठमाडौंलाई बालेन सिटीको नाम दिने जनताको ताती नै लागेको छ। उनको कामको प्रसंशा धेरै जनताले गर्दै आएका छन्।
२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाएका थिए। महानगरपालिका प्रमुख भएपछि उनको कामको सबैले खुलेरै प्रसंशा गर्दै आएका छन्।