काठमाण्डौं। उपत्यकाको विभिन्न ठाउँमा यात्रुको सहजताको लागि राखिएको सडक बत्तीहरु प्रयोगमा नआउँदा यात्रुहरुलाई यात्रा गर्न समस्या पर्दै आएको छ। खासगरी पैदल यात्रुलाई बढि समस्या पर्ने गरेको छ। महानगरपालिकाभित्र पनि साना तिना गल्लि बाटोहरु भएको कारणले गर्दा यात्रुहरु डराएर हिड्नु पर्ने वाँध्यता रहेको छ। त्यस्तै चोरी डकैति पनि बढेको पाइन्छ। सडकमा पर्याप्त बत्ती नभएको करणले बत्ती थप बत्ती जडान गर्न आश्यक रहेको छ। बत्तीको राम्रो ब्यवस्थापन हुन नसक्दा छाटो समयमा नै बत्ती प्रयोगविहिन भएको छ।
नगरपालिकाको भित्रि भागमा बत्तीको अभावको साथै मर्मत गर्न कसैको ध्यान पुगेको छैन्। सर्वसाधारणले पनि बत्तीको प्रयोग तथा व्यवस्थापनमा ध्यान पुर्याउन आवश्यक रहेको छ। बत्तीको अभावमा रातको समयमा सर्वसाधारणलाई समस्या हुने भएको कारणले गर्दा सम्बन्धित निकायले यस प्रति ध्यान दिएर सडकमा बत्ती जडानको साथै मर्मत गर्न स्थानीयले माग गरेका छन्।