काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हो।
आइतबार छापावाल सुन तोलाको एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। १० रुपैयाँले घटेर आज चाँदी १९८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।