काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन्। सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका हुन्।
दोलखा तामाकोशी गाउँपालिका– २ का देवेन्द्र कार्की र ओखलढुङ्गा रुम्जाटार गाउँपालिका –७ का महेन्द्रबहादुर गुरुङलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको प्राधिकरणले जनाएको छ।
कार्की र गुरुङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा नियुक्त गरिएको हो। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका मन्त्रीस्तरको निर्णयबाट उनिहरुलाई नियुक्त गरिएको बताइएको छ।