दाङ। दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सल्यानको त्रिवेणी गाउँपालिका–३, टोड्केका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको हो।
तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको जीप आइतबार साँझ शान्तिनगर गाउँपालिका १ हाँडिचारमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
सोही दुर्घटनामा परि ६ जना घाइते भएको प्रहरीले जनाएको छ।