काठमाडौं। आज सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ। आज हालसम्मकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो।
आज छापावाला सुन प्रतितोला ३ सयले बढेको छ। रु ३ सयले बढेर प्रतितोला रु एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी तेजाबी सुनको मुल्य पनि रु ३ सयले बढेर प्रतितोला रु एक लाख ४९ हजार दुई सयमा कारोबार भएको बताइएको छ।
यता, चाँदीको मुल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ।