धनुषा। धनुषाको धनुषाधाम नगरपालिका–४, लक्ष्मीपुरमा खानेपानी योजना सञ्चालनमा आएको छ। निर्माण सुरु भएको २५ वर्षपछि सोमबारदेखि उक्त खानेपानी सञ्चालनमा आएको हो।
तत्कालनी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाको लगानीमा वि.सं.२०५६ सालमा खानेपानी आयोजनाको निर्माण सुरु गरिएको थियो। विविध कारणले लामो समयसम्म निर्माण सम्पन्न हुन नसकेको आयोजना २५ वर्षपछि निर्माण पूरा भइ सञ्चालनमा ल्याएको हो।
आयोजना सञ्चालनमा आएसँगै लक्ष्मीपुर, सर्सा, केशरकुट्टी र चिरैयालगायतका गाउँ गरी सात सय घुरधुरी लाभान्वित भएका छन्।