काठमाडौं। बालाजु चोकमा हिमालयन बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ। काठमाडौं महानगरपालिका–१६ को बालाजु चोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो।
बैंकका अनुसार स्वयम्भु शाखा–२ लाई बालाजु चोकमा स्थानन्तरण गरिएको हो। साउन २१ गतेदेखि बालाजु चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएर सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न सुरु गरिएको बैंकले जनाएको छ।