काठमाडौं। आज सुनको मुल्य ह्वात्तै घटेको छ। आज तोलामा २३ सयले सुनको मुल्य घटेको हो।
हिजो मात्रै हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मुल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज २३ सयले बढेर प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले बताएको छ।
यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ। आज प्रतितोला ६० रुपैयाँले घटेरचाँदीको भाउ प्रतितोला १७२५ रुपैयाँमा कारोबार भएको बताइएको छ।