सुर्खेत। जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। जाजरकोटको भेरी नगरपालिका–६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु,१६ जना घाइते भएका हुन्।
प्रहरीका अनुसार बोलेरो जीप दुर्घटना हुँदा चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको हो।
जिप दुर्घटनामा परी १६ जना घाइते भएको प्रहरीले बताएको छ। जीप सडकदेखि चार सय मिटर तल खसेको बताइएको छ।