सुनसरी। इटहरी उपमहानगरपालिकाले ४ वटा विद्युतीय नगर बस खरिद गरेको छ। नगरले खरिद गरेका चार वटा बस मंगलबार इटहरी ल्याइएको हो।
इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले असोज १ गतेबाट इटहरीमा नगर बस सन्चालनमा ल्याउने जानकारी दिए। उनले इटहरी नगरभरि सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर सञ्चालन गर्न लागेको बताए।
बसमा जीपीएस जडान गरी सूचनामैत्री बनाइने र सीसी क्यामेरा लगायतका अन्य सुविधा समेत हुने छन्।