काठमाडौं। आज पनि सुनको मुल्य घटेको छ। आज सुनको मुल्य प्रतितोला १४ सयले घटेको हो।
हिजो प्रतितोला २३ सयले घटेको सुनको मुल्य आज १४ सयले घटेर प्रतितोला १ लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यताचाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ।