काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले हेलिकप्टर दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। पौडेलले हिजो नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्।
पाँच जनाको मृत्यु भएकोमा आफू स्तब्ध भएको उनले बताएका छन्। मृतकप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा हार्दीक समवेदना समेत व्यक्त गरेका छन्।
हिजो भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको निधन भएको थियो