सुर्खेत। कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्षमा वीरेन्द्रनगर नगरपालिका-४ का सूर्यनाथ योगी नियुक्त भएका छन्। बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा योगीलाई नियुक्त गरेको हो।
त्यसैगरी बैठकले आयोगका सदस्यहरुमा मुगुको छायाँनाथ रारा नगरपालिका–५ का डम्मरबहादुर रावल र रास्कोट नगरपालिका–३ कालीकोटका अशोकनाथ योगीलाई नियुक्त गरेको छ।