कञ्चनपुर। गौँडीखोलामा तटबन्ध निर्माण गरिएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भएर बग्ने उक्त खोलामा तटबन्ध निर्माण गरिएको हो।
स्थानीयको श्रमदानबाट ६० मिटर लामो तटबन्ध निर्माण भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीयले श्रमदान गरेर तटबन्ध बनाएका हुन्।
खोलाले बस्ती र स्थानीयको जग्गा नै बगाउने भएपछि आफुहरु नै जुटेर तटबन्ध निर्माण गरिएको स्थानीयले बताए। तटबन्ध निर्माण भएपछि धेरै स्थानीयको जग्गा जोगिएको बताइएको छ।