काठमाडौं। २९ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो।
कार्यालयले आज (शुक्रबार) सूचना निकाल्दै २९ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचिमा राखिएको जानकारी दिएको हो।
साउन २४ गतेको निर्णयअनुसार कालोसूचिमा राखेको कार्यालयले जनाएको छ। २९ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्न विभिन्न निकायबाट सिफारिस भएर आएका थिए।
कालोसूचीमा परेकाहरूले कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन नपाउँने सूचनामा उल्लेख गरिएको छ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीको नामावलीः
