भैरहवा। तिलोत्तमा नगरपालिकाका ४४ स्थानमा सीसी क्यामेरा जडान गरिएको छ। नगरपालिकाले नगरभित्रका सुरक्षा संवेदनशील क्षेत्रमा ४४ वटा उच्च प्रविधिका सीसी क्यामेरा जडान गरेको हो।
नगर भित्र गरिने व्यवसायिक सुरक्षा, सडक दुर्घटनाको न्युनीकरण तथा यात्रु सुरक्षा, नगरबासीको व्यक्तिगत सुरक्षा र आपतकालीन तथा बिपद् व्यवस्थापनका लागि तत्काल उद्धार गर्नकालागि सीसी क्योमरा जडान गरेको नगरपालिकाले जनाएको छ।