बाजुरा। करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विद्युत् लाइन विस्तारका क्रममा हिजो करेन्ट लागेर बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर बिष्टको मृत्यु भएको हो।
विद्युत् लाइन विस्तारका क्रममा जडनङ्गामा बिष्टलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
करेन्ट लागेर बिष्ट घाइते भएका बिष्ट उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।